पत्रकारिता स्वच्छ, निष्पक्ष र तथ्यपरक हुनुपर्छ : मन्त्री साउँद

कैलाली, १८ असार । परराष्ट्र मन्त्री एनपी साउँदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बतएका छन् । पत्रकारिता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नु पर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीको छैठौ जिल्ला अधिवेशनमा बोल्दै साउँदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भए पनि चरित्रका द्धृष्टिकोणले लोकतन्त्र माथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताए ।सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूर पश्चिमका पत्रकारले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।