अङ्कको आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

काठमाडौं  । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन् ।

बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।

‘अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,’ ओलीले सामाजिक संजालमा लेखेका छन् ।