यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसामा तथा युरो एकको खरिद दर १४६ रूपैयाँ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९०।१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।९१ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४।९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।१२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८।९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९।१२ रुपैयामा कारोबार गर्न सकिने जनाएको छ।