यार्सागुम्बा संकलन घट्दो, तनावमा बझाङवासी

बाझाङ । बाझाङको सुर्मा गायँपालिका-१ का जहरी बोहरालाई धेरैपटक भारतको विभिन्न शहरमा गएर मजदुरी गरेको सम्झना ताजै छ ।

उनी परिवारको भविष्यलाई लिएर रोजिरोटीका लागि धेरै पटक भारत धाए । तर, पनि दैनिक गुजरा चलाउन बाहेक केही गर्न सकेनन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तर, २०५८ सालदेखि भने जब आफ्नै जिल्लाका हिमाल तिर गएर यार्सागुम्बा र अन्य जरीबुटी संकलन गर्न थाले, त्यसपछि भने उनको जिवनस्तर धेरै सुध्रियो । छोराछोरीलाई राम्रोसँग पढाउन पाए, सदरमुकाम चैनपुरमा घर बनाए । धनगढीमा जग्गा किने ।

साइपाल गायँपालिकाका बमबहादुर बोहरालाई पहिला एक छाकको जोहो गर्न पनि निकै समस्या हुन्थ्यो । यार्सागुम्बा र जरिबुटी संकलन गर्न थालेपछि उनको जिवनस्तर पनि धेरै नै फेरियो ।