अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार

काठमाडौं । गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए ।उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ । उनी आबद्ध चलचित्र ‘ह् यासट्याग माया’का निर्देशक राजीव गुरुङले सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठ र सारुकको सम्बन्धबारे नयाँ कुरा खुलाएपछि उनको मृत्युलाई शंकास्पद रूपमा हेरिएको हो ।

रानी, इन्टु मिन्टु लन्डनमा, मेरी मामुजस्ता चलचित्रमा मुख्य भूमिका निभाइसकेका अभिनेता सारुक ३३ वर्षका थिए । सारुकको मृत्यु भएको ११ दिनसम्म मौन बसेका उनका बाबुसमेत रहेका कलाकार सानु ताम्राकारले अब आफू न्याय माग्न प्रहरीसमक्ष जाने बताएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।