गायक राजेश राईको ‘झल्को ज्यानकै आउने’ को चर्चा

काठमाडौं । गायक राजेश राईको ‘झल्को ज्यानकै आउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजेश राईको स्वर रहेको सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन रहेको छ । एक प्रेमील जोडीको चोखो माया हुँदा हुँदै पनि आफ्नी मायालुबाट बिछोडीनु पर्दाको प्रेमीको विरहलाई कथामा देखाएको छ ।

जसमा इन्द्र खरेल , उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ । मर्मस्पर्शी दृश्यहरु मार्फत प्रेमील जोडी छुट्टीनु पर्दाको कारुणीकतालाई निर्देशक दुर्लभ जन्तरेले कलाकत्मक शैलीमा भिडियोमा देखाएका छन् । पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियो गायक राईकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । गायक राईका यसअघि तोडियो तोडियो, कालो कालो अर्खौले बजार, लगायतका गीतका भिडियोहरुले चर्चा कमाएका थिए । गायक राई सिगिङ सुपर स्टार सिजन १ का विजेता समेत हुन् ।