सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ।बिहीबार प्रति तोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सयले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले घटेको हो। बिहीबार चाँदीको प्रति तोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो।