नेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक १९ गतेदेखि सुरु

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ ।आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९ गतेदेखि सुरु गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय सचिवालय बैठक यही साउन १९ गते बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बस्ने भएको छ । त्यसैगरी स्थायी कमिटी बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा, पोलिटब्युरो आउँदो भदौ ३ र ४ गते पार्टी केन्द्रीय कार्यालय तथा केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजे कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा रिपोर्टिङ/ राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायत विविध विषयमा छलफल गरिने सो पार्टीले जनाएको छ ।