गायक पुष्प गजमेरको निष्ठुरीमा प्रेम, रोमान्स र विरहको कथा

काठमाडौं । गायक पुष्प गजमेरको नँया गीत निस्ठुरीको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत पनि स्वयम गायक पुष्प गजमेरकै रहेको छ । जसमा चान्द सिंहको एरेन्ज रहेको छ । गीतमा प्रकाश मिश्रको मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

लामो समयदेखि गीतको भिडयोमा प्रेमिले प्रेमिकालाई गरेको एकतर्फी प्रेमलाई देखाइएको छ । भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन पछिल्लो समयका चर्चित निर्देशक प्रकाश धितालले गरेका हुन् । भिडियो हिमालयन म्युजिक एकेडेमिबाट बजारमा आएको हो । प्रबासमा रहेपनि नेपाली गीत संगीततलाई माया गर्ने गायक गजमेरले दर्जनौ गीत बजारमा ल्याइसकेका छन् ।