चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ सेनाको एक टोली बुधबार नेपाल आउँदैछन् । आ तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उक्त टोलीले प्रधानसेनापति प्रभुराम शर्मा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।