डिबीको स्वर रहेको गजलमा रविना र भुवनको रोमान्स

काठमाडौंँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरि ’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा संगीत भुपेन्द्र खत्रीको छ ।

कुसल सिंहको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रविना केसी र भुवन श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा उद्धव नेपाल, सिसेमी लिम्बु र कृष्ण चौलागाइको समेत अभिनय छ ।

एक जोडी प्रेमीको प्रेम, रोमान्स र ट्रयाजेटी देखाएको भिडियो सुवास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा बिनोद तामाङको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।