आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आइतवार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसासा रहेको छ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, युरोपियन युराे एकको खरिद दर १४४ रूपैयाँ २५ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा , बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा र दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.३५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा, साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६८ रुपैयाँ रहेको छ।