आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। मंगलबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलर एकको खरिद दर १३१।३ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।९रुपैयाँ रहेको रहेको छ।

यस्तै युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८८।०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।४९ रुपैयाँ रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै भने जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ। यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५ रुपैयाँ १६ पैसारहेको छ । यस्तै दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३४ पैसा रहेको छ ।