खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट

कोलम्बो-श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताउनुभएको छ ।

दक्षिण एसियाली देश श्रीलङ्काको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर (लगभग १,२४२,९४० एकड) भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भित्र्याइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताउनुभयो ।श्रीलङ्काको मौसम विभागले देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ ।