आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।संघीय संसदका महासचिव डा। भरतराज गौतमले आज बस्ने बैठकका सम्भावित कार्यसूची पनि सार्वजनिक गरेका छन् । कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।