काठमाडौँ महानगरपालिकामा शुक्रबार शोक विदा

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्षको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का आज बिहान ७.३० बजे उपचारका क्रममा निधन भएपछि महानगरले भोलि शोक बिदा दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको निधनमा महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । महानगरपालिकाले शिक्षण संस्था भने बिदा नहुने जनाएको छ ।