एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौँ – संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) सुवासचन्द्र नेम्वाङको हृदयघाटबाट निधन भएको छ ।सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघाट भएपछि उपचारका लागि राति १ः ३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो ।

उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो ।

विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।