गीतसंगीतका सतचालीस विधामा अवार्ड प्रदान गरिएको जिनियस म्यूजिक अवार्ड समारोहमा जे देखियो

काठमाडौंः चौथो जिनियस म्युजिक अवार्ड २०७९ को फाइनल अवार्ड तथा सांगितिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननिय प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभापतिको रुपमा जिनियस म्युजिक प्रा.ली.का अध्यक्ष रमेश पाठक रहेका थिए ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु–अवसर पारेर ‘ जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड २०७५ सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मानबाट सम्मानित गरिएको छ । त्यसैगरी हिमालय टाइम्सका कृष्ण भुषाल ,रेडियो नेपालका राम थापा अविरल,लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । त्यसैगरी गायक आनन्द कार्की, संगीतकार कल्याण सिंह, चलचित्र निर्देशक शिवम् अधिकारी, इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, गायक भुवन प्यासी, भिडियो निर्देशक एकिन्द्र सारा शंकर,गायक सौगातजंग थापा,बिनोद बम भिडियो इडिटर,पुजा ठकुरी गीतकार,देव महतो मोडल,पारस अधिकारी नृत्यकार,हरि ठकुरी समाजसेवी तथा व्यवसायी,मञ्जु लावती लोकदोहोरी गायिका,मेकअप आर्टिष्ट टेकराज पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

जिनियस म्युजिक प्रा. ली. ले स्थापनाको १५औं वार्षिकोत्सवको सु अवसरमा आयोजना गरेको चौथो जिनियस म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय भाव,पप गीत,लोक तथा दोहोरी, गजल,आधुनिक विधाका स्रष्टा र सिर्जना समाबेश गरिएको थियो।

अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल हुनुहन्थ्यो भने निणार्यकमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य पुरु लम्साल, कोरियोग्राफर जोगेन्द्र केसी, संगीतकार रिमेश कुमार, रचनाकार राधिका अधिकारी,गायीका मन्जु थापा गुरुङ,मोडल बिजेन्द्र नौबगें,निर्देशक होम धिताल र नायक सविन श्रेष्ठ रहेका थिए ।

कार्यक्रमा काठमाडौं उपत्यका विकास प्राधिकरण जानुका ढकाल, नायव विकास आयुक्त नवराज प्याकुरेल,चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गीतकार कृष्णहरि बराल, वरिष्ठ कलाकार लय संग्रौला, सामाजिक अभियान्ता डा.सीता ढुंगाना, वरिष्ठ हाँस्य कलाकार उत्तम केसी, सुभाष गजुरेल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका वन्दना, निर्देशक उज्ज्वल केसी, निर्देशक ईश्वर गुरुङ, नायक तेज गिरी सञ्चारकर्मी राज लुइँटेल, गीता अधिकारीलगायत थुप्रै कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा हास्य कलाकार हिमेश पन्तले आफ्नो व्यंग्यात्मक प्रस्तुति दिएका थिए । त्यसैगरी गायक डेभिड शंकर र बाल गायक जेनिष उप्रेतीले गीत गायर मनोरन्जन प्रदान गरेका थिए भने कलाकार अदिति श्रेष्ठले आफ्नो आकर्षण नृत्य गरेकी थिइन ।

कार्यक्रमको उदघोषण भने गायिका शिलु अधिकारीले गरेकी थिइन् भने मिडिया पार्टनरको रुपमा राष्ट्र खबर ,म्युजिक खबर,नवनारी मासिक म्युजिक डायरी,भिजन न्युज नेपाल, मिलाप,तथ्य खबर लगायत भिभिन्न मिडियाहरु रहेका थिए ।

अवार्ड प्राप्त गर्नु हुने कलाकर्मिहरुको नामावाली यसप्रकर रहेको छ :

१.सर्बोत्कृष्ट राष्ट्रिय भावको गीत
शुभद्रा भण्डारी (गीतकार)– नेपाली हामी गोर्खाली
शेखर लामा (संगीतकार)– नेपाली हामी गोर्खाली
राकेश ओली (गायक)– मेरो देश जस्तो

२.सर्बोत्कृष्ट गीतकार ( पप )
राजेश अर्याल – मेरो माया

३. सर्बोत्कृष्ट गीतकार ( आधुनिक )
सचिता कर्माचार्य – साथले तिम्रो
प्रतिमा शिवाकोटी–सांचो माया ( जुरी )

४.सर्बोत्कृष्ट संगीतकार (लोक तथा आधुनिक )
निर प्रसाद गुरुङ – तिम्रो खुशी देख्न पाँउ

५.सर्बोत्कृष्ट संगीतकार (पप तथा आधुनिक)
राजेन्द्र बजगाई – फर्केर हेरन
ढुन्डिराज ढकाल – माया लाग्छ कती ( जुरी )

६.सर्बोत्कृष्ट संगीत संयोजक–पप
नरेन्द्र वियोगी – लै लै राजकुमारी
७.सर्बोत्कृष्ट नव गायक÷गायिका (पप तथा आधुनिक)
निमा शेर्पा – रेशमैको डोरी
उषा गजुरेल– श्वास

८.सर्बोत्कृष्ट गायन (पप तथा आधुनिक)
चेतन राई – तिमी धुन बन
भरत समारी – माया पनि गरियो–जुरी (¥याप )

९.सर्बोत्कृष्ट गायन (लोकपप )
सुनिल थापा मगर – निर हो
टिका बंजन – ठ्याक्क ठ्याक्क( जुरी )

१०.सर्बोत्कृष्ट गायक(पप)
मानस राज – लै लै राजकुमारी

११.सर्बोत्कृष्ट गायिका (पप)
बेनिशा पौडेल – यो नजरमा नजर

१२.सर्बोत्कृष्ट नव मोडल (पप तथा आधुनिक)
रेश्मा श्रेष्ठ – जिन्दगीका गोरेटोहरू

१३.सर्बोत्कृष्ट मोडल (पप तथा आधुनिक)
अमन श्रेष्ठ – पर्खी बसे म
रोशन श्रेष्ठ – लाहुरे सिपाही दाई ( जुरी )

१४.सर्बोत्कृष्ट निर्देशक (पप तथा आधुनिक )
सुवास प्रधान – नजाउँ टाढा(पप)
गणेश शाही – अमेरिका(आधुनिक)

१५.सर्बोत्कृष्ट गीतकार
गोबिन्द कडेल आँसु – ए माया जुनकीरी
बाबुराम श्रेष्ठ – उपमा के दिउँ( जुरी )

१६.सर्बोत्कृष्ट गायन (आधुनिक)
अभिनय यादव – मायाको शुरुवात – २

१७.सर्बोत्कृष्ट संगीतकार
राजनराज शिवाकोटी– ताँती

१८.सर्बोत्कृष्ट संगीत संयोजक
कुशल सिंह – फुलथुङ्गे रानी
साहास शाक्य – किन हुँदैन ( जुरी )

१९.सर्बोत्कृष्ट गायक
स्वरुपराज आचार्य – अधुरो सपना

२०.सर्बोत्कृष्ट गायिका
इन्दिरा जोशी – खुल्ला आकाश

२१.सर्बोत्कृष्ट युगल गायन
कालिप्रसाद बासकोटा÷सदिक्षा कट्टेल – माया रैछ र

२२.सर्बोत्कृष्ट नव मोडल
सनिशा भट्टराई – ए होर माया

२३.सर्बोत्कृष्ट मोडल पुरुष
आकाश श्रेष्ठ – धर्ती आकास

२४.सर्बोत्कृष्ट मोडल महिला
गरिमा शर्मा – तिम्रै निम्ती हो

२५.सर्बोत्कृष्ट छायाँकार
अर्जुन तिवारी – तिमीलाई हेर्र्नेे बानी पर्यो

२६.सर्बोत्कृष्ट भिडियो सम्पादक
डिनसन शाह – तिम्रै झल्को

२७.सर्बोत्कृष्ट निर्देशक
सरोज अधिकारी – लै लै राजकुमारी

२८.सर्बोत्कृष्ट ध्वनी मिश्रण
प्रदीप जोशी – निदाउन देउ मलाई

२९. सर्बोत्कृष्ट शब्द (लोक तथा दोहोरी)
नेत्र अर्याल – माझी दाई

३०.सर्बोत्कृष्ट लय (लोक तथा दोहोरी)
खेम सेन्चुरी – माझी दाई

३१.सर्बोत्कृष्ट संगीत संयोजक (लोक तथा दोहोरी)
रामकृष्ण थापा – बर्दिबास सिन्धुली
नारायण दङ्गाल – पिरको भारी( जुरी )

३२.सर्बोत्कृष्ट गायक(लाईभ दोहोरी)
यमन खनाल – तारा जुनाले

३३.सर्बोत्कृष्ट गायक (लोक तथा दोहोरी)
प्रकाश दुतराज – देउरलिमा

३४.सर्बोत्कृष्ट गायिका (लोक तथा दोहोरी)
शान्तिश्री परियार – सोल्टी बजारमा

३५.सर्बोत्कृष्ट नव मोडल (लोक तथा दोहोरी)
रिना गुरुङ – दुःख ट¥र्या छैन

३६.सर्बोत्कृष्ट मोडल पुरुष (लोक तथा दोहोरी)
प्रकाश सपुत – काहाँको साइनो

३७.सर्बोत्कृष्ट मोडल महिला (लोक तथा दोहोरी)
केकी अधिकारी – बसाई सरेर

३८.सर्बोत्कृष्ट भिडियो सम्पादक (लोक तथा दोहोरी)
रोशन धिताल – दुर्गा

३९.सर्बोत्कृष्ट निर्देशक ( लोक तथा दोहोरी)
मिलन श्रेष्ठ – धादिङ जिल्ला
निशान बांनिया – त्रिशुलीको तिरैमा ( जुरी )

४०.सर्बोत्कृष्ट निर्देशक भाषाभाषी
विजय शाह (अजय) – तोहरे से विवाह ( भाषाभाषी )

४१. सर्बोत्कृष्ट गायक÷गायिका (लोक गीत )
चेत बुढाथोकी – बाजा घन्काँउ
सीता के.सी. – वरको शितल छाँया

४२. सर्बोत्कृष्ट नव गायक÷गायिका( कांठे लोक तथा दोहोरी)
शंकर घिमिरे – कालीको जोबन
सबनम आचार्य – गलबन्धी पछ्यौरी

४३. सर्बोत्कृष्ट गायक( कांठे लोक तथा दोहोरी)
सरोज ढकाल – रुमाल खल्तीमा

४४.सर्बोत्कृष्ट गायक÷गायिका ( तामाङ सेलो )
राम गोम्जा – गत्ते च्याजी
रमला पाख्रिन तामाङ – साइकोले
सुबास तामाङ – छेवार ( जुरी )

४५.सर्बोत्कृष्ट गजल गायन
मनमोहन थपलिया – माया गर्छु भन्नेहरू

४६. सर्बोत्कृष्ट नव प्रतिभा (बालकलाकार)
जेनिश उप्रेति – बाटो

४७.पब्लिक च्वाईस
दर्शन सलाम
तिलक
तिलक कार्की