आजदेखि दशैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ला

काठमाडौँ – दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको थियो ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।