इएर केयर नेपालले मनायो दशौँ वार्षिकाेत्सव

काठमाण्डौः नेपालमा बहिरोपनको समस्या बढीरहेका बेला यसको निराकरणका लागि काम गर्दै आएको गैरनाफामुलक सामाजिक संस्था हो इएर केयर नेपालले आफ्नो सक्रियता अझै बढाएको छ । जसले आइतबार आफ्नो दशौँ वार्षिक उत्सब पनि मनाएको छ ।

ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर इएर केयर नेपालले कानको सुरक्षा कसरी राख्ने भन्ने विषयमा बृहत जनचेतामुलक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्दै इएर केयर नेपालकी संस्थापक अध्यक्ष डाक्टर मिलन मर्हजनले यो रोगको समयमा नै निराकरण गर्न नसके मानिसले कानै सुन्न नसक्ने अवस्थामा पुग्न बाध्य हुने बताइन् । उनले आफुले खाईपाई आएको आर्कषक जागिर छाडेर एयर केयर नेपालको स्थापना गर्दाका चुनौतीहरुबारे बताएकी थिइन् ।

उनले नेपालमा बहिरोपनको मुख्य कारण कान पाक्ने रोग भएको बताउँदै नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशत भन्दा बढी बहिरोपना , जनचेतना र उचित प्राथमिक उपचारद्धारा रोकथाम गर्न सकिने बताइन् । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरु रिसालले अहिलेको यो अवस्थासम्म आइपुग्न मद्धत गर्ने आफ्नो टिमको बारेमा खुलेर प्रशंसा गरेका थिए । रिसालले एयर केयर नेपालको मुख्य उदेश्य जनचेतना फैलाउनु तथा प्राथमिक शिक्षाबाट बालबालिकालाई बहिरो हुनबाट जोगाउनु भएको बताए । उनले यो संस्थाले सरकारी स्कुलका बालबालिकाहरुमा देखा परेको कानको समस्याको निराकारणका लागि एयर केयर नेपाल लागिपरिरहेको बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्ध धर्मालम्बी गुरु रिम्पोचे डाक्टर मिलनको संघर्षको खुलेर प्रशंसा गरेका थिए । उनले इएर केयर नेपालले आज मनाइरहेको १० वर्षे उत्सब धेरै पटक मनाएको देख्न पाइयोस् भन्दै मुक्तकण्ठले संस्थाको प्रगतीको कामना समेत गरे । त्यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले इएर केयर नेपालजस्तो समाजका लागि लागिपर्ने र बालबालिकाको क्षेत्रमा अग्रसर संस्थालाई सरकारले हातेमाले गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । डाक्टर पोखरेलले स्वास्थ्य मन्त्रालयसँग जोडीएर यो क्षेत्रमा काम गर्न एयर केयर नेपाललाई आग्रह गर्दै अहिलेसम्म संस्थाले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।

यो संस्थाले सरकारी स्कुलहरुमा कान परिक्षणको स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । जसले दुर्गम कालीकोट, मुगु हुम्ला जुम्ला, पाल्पा, काभ्रे लगायतका जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि शिविरको तयारी गरिरहेको संस्थाकी अध्यक्ष डाक्टर मर्हजनले बताइन् । कानको जटिल समस्या भएका बालबालिकाहरुको कानको शल्यक्रिैया गरेर पुन आवाज भरिदिने काम इयर केयरले गरेको छ । यो संस्थाले अहिलेसम्म १ हजार बढी बालबालिकाहरुको कानको शल्यक्रिया गरिसकेको छ ।

कानको समस्यालाई सामान्य समस्या नठानी तेल, घर्यायसी तरल पर्दाथ राख्न नहुने कुरामा इएर केयर नेपालले सचेतना फैलाउँदै आएको छ । कानलाई सुरक्षीत राख्नका लागि कानमा फोहोर औँलाले, प्वाँख अनि कनकने जस्ता बस्तुले कोट्याउन हुँदैन । बच्चालाई कहिल्यै पनि सुतेर दुध खुवाउनु हुँदैन । पौष्टिक आहार र सफाईको ध्यान राख्नुपर्छ र समयमा सबै खोप लगाउनुपर्छ ।