‘मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ’- राजेन्द्र महतो

राजविराज (सप्तरी) – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।

लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा बिहिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताउनुभयो । उहाँले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेता महतोले सङ्घीय शासन प्रणाली कार्यान्वयन भएको सात वर्षको अवधिमा जनअपेक्षाअनुसार काम नभएको गुनासो गर्नुभयो ।