प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौँ-प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उहाँहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, प्रधानसेनापति शर्माले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका सुदर्शन सिल्वाललाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरुप उपरथीमा बढुवा हुनु भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ । महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नती भएका तीन महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गर्नु भएको निर्देेशनालयले जनाएको छ ।