करिब ५० करोडको बजेट ल्याएपछि रास्कोटका मेयरले भने ‘जनताले महशुस गर्ने गरी काम गर्छु’

काठमाडौँ । कालिकोटको रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८० / ८१ का लागि निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको बिहिबार १२ औँ नगर सभा मार्फत स्थानियहरुलाई सुबिधा दिन कुनै कसुर बाँकी नराखिने भन्दै नगरपाकिलाकाका प्रमुख धर्मराज शाहीले संघ, प्रदेश र आन्तरिक राजश्व सहित ४९ करोड ९१ लाख १६ हजार ७ सय को बजेट प्रस्तुत गरेका हुन् ।

सो अवसरमा बोल्दै मेयर शाहीले विगतका अनुभवलाई आत्मसाथ गर्दै आगामी वर्ष नयाँ तरिकाले नगरको विकाश गर्नका लागि आँफु रात दिन नभनी लागि परिरहेको बताए ।

त्यस्तै नगर उपप्रमुख मनिराज बरालले बजेट प्रस्तुत गर्दै विगतका अनुभवलाई आत्मसाथ गर्दै आगामी वर्ष नयाँ तरिकाले नगरको विकाश गर्ने गरी बजेट ल्याइएको बताएको छ ।

उक्त बजेटमा स्वास्थ्य क्षेत्रमा विगतका कार्यक्रम अन्तरगत घरदैलो स्वास्थ्य सेवालाई निरन्तरता दिने, कृषि उत्पादनलाई वृद्धि गर्दै बजारीकरणमा जोड दिने उल्लेख गरिएको छ ।