कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सनवे मेडिकल सेन्टरबीच सहकार्य

कर्णाली, १५ कात्तिक : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ ।

मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताउनुभयो ।