बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार थालियो

काठमाडौ– इजरायलको हमासमा भएको हमलाबाट बच्न बंकरमा लुक्दै आएका नेपाली विद्यार्थीको उद्धार गर्न थालिएको छ । इजरायली सेनाले शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई उद्धार गरेको जनाइएको छ ।

शनिबार बिहान ७ बजेदेखि बंकरमा रहेका विद्यार्थीको उद्धार भएको नेपाली विद्यार्थी लुइस रिजालले बताएका छन् । अहिले अन्यत्र रहेका विद्यार्थीको पनि खोजी गरी उद्धारको प्रयास भइरहेको जनाइएको छ । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उद्धार शुरु गरिएको हो ।