भारतको राजधानी दिल्लीद्वारा अस्ट्रेलियाको ब्रिस्बेनसँग ‘सिस्टर सिटी’ सम्झौताको पहल

नयाँ दिल्ली । दिल्ली ब्रिस्बेनसँग ‘भगिनी सहर’ बन्‍न चाहेको दिल्लीकी मेयर शेली ओबेरोयले आफ्नो अष्ट्रेलियाको ब्रिस्बेन सहरका समकक्षी बताएकी छन्। भर्खरै आयोजित एशिया प्यासिफिक सिटीज समिट र ब्रिसबेन मेयर फोरममा दिल्ली नगर निगम (एमसीडी) को प्रतिनिधित्व गर्ने मेयरले सिस्टर सिटी सम्झौता गर्न लागिएको जानकारी गराएकी हुन्। जसमा सहरको ‘सरसफाइ र व्यवस्थापन तथा सम्पदाको संरक्षण’ लाई प्राथमिकतामा राखिएको पनि उनले बताएकी छन्। अक्टोबर ११ देखि १३ सम्म भएको सहरी शिखर सम्मेलनमा १०० भन्दा बढी मेयर र उपमेयर सहित १,००० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो। ‘समिटको क्रममा मैले ब्रिस्बेनका लर्ड मेयर (एड्रियन श्रिन्नर), र अन्य धेरै सहरका मेयर र उपमेयरहरूसँग अन्तरक्रिया गरें,’ ओबेरोयले भनिन्।

ब्रिस्बेन, ब्रिस्बेन नदीको किनारमा अवस्थित र यसको नामबाट नामाकरण गरिएको अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर र क्वीन्सल्याण्ड प्रान्तको राजधानी हो। ब्रिस्बेन सिटी काउन्सिल अष्ट्रेलियाको सबैभन्दा ठूलो स्थानीय सरकार हो, जसमा २६ वार्ड र २७ काउन्सिलर पदहरू छन्। ‘परिचय सत्रको क्रममा, हामीलाई उनीहरूसँग रहेको ‘भगिनी शहरहरू’ अवधारणाको बारेमा बताइयो। उनीहरूसँग धेरै देशका धेरै शहरहरूसँग यस्तो सम्बन्ध छ। त्यसमा हैदरावाद पनि परेको छ। उहाँसँगको मेरो अन्तर्क्रियाको क्रममा, मैले ब्रिस्बेनका लर्ड मेयरलाई ब्रिस्बेनसँग ‘भगिनी सहर’ बन्न चाहेको बताएकी छु,’ ओबरायले पीटीआईलाई भनिन्। दिल्लीका मेयरले थपिन्, ‘हामीले हाम्रो चासो देखाएका छौं, र अब, हामी उनीहरूको पक्षबाट औपचारिकता पर्खनेछौं। चाँडै, हामीले औपचारिकताहरू थाहा पाउने बित्तिकै हामी यसमा काम गर्नेछौं…।

ब्रिस्बेनमा, मैले अष्ट्रेलियामा भारतीय मिसनका एकजना र ब्रिस्बेनका मेयरका सल्लाहकारसँग पनि कुरा गरेको थिएँ, उनीहरूले पनि हामीलाई यसलाई अगाडि बढाउन मद्दत गर्नेछन्।’ ‘म त्यहाँ गएको र सम्मेलनमा मानिसहरूलाई भेट्दा मलाई यो विचार आयो र निश्चित रूपमा हामीले हाम्रो एमसीडीलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा किन ल्याउनु हुँदैन? हाम्रो मोडेललाई त्यहाँ राख्ने यो धेरै राम्रो अवसर हो,’ ओबेरोयले प्रश्‍न गरिन्। ‘मैले यस विषयमा ब्रिस्बेनको मेयरसँग कुराकानी गरेको थिएँ, र मैले उहाँलाई भने कि हामी ब्रिस्बेनको ‘सिस्टर सिटी’ बन्न चाहन्छौं, र उनले भने कि उनीहरूले देख्नेछन्,’ उनले थपे।

ब्रिस्बेनको ‘भगिनी सहर’ कार्यक्रमले ब्रिस्बेनमा आधारित व्यवसायहरू र यसका भगिनी सहरहरूको लागि व्यावसायिक, सांस्कृतिक, खेलकुद र अन्य पारस्परिक रूपमा लाभदायक आदानप्रदानहरू विकास गर्न प्रदान गर्दछ। ब्रिस्बेन सिटी काउन्सिलको वेबसाइटका अनुसार ब्रिस्बेनका ‘भगिनी शहरहरू’ हुन् अबु धाबी (युएई), अकल्यान्ड (न्यूजील्याण्ड), चोङकिङ (चीन), डेजियोन (दक्षिण कोरिया), हैदराबाद (भारत), काओसिङ (ताइवान), कोबे (जापान), सेमाराङ (इन्डोनेसिया) र शेन्जेन (चीन) रहेका छन्। दिल्लीको एमसीडीले २५० वार्डमा फैलिएको क्षेत्रलाई नियन्त्रण गर्छ। एकीकरणपछि दिल्लीका मेयरले अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएको यो पहिलो पटक हो।