गाजाबाट दुई हजार घाइते प्यालेस्टिनी इजिप्ट प्रवेश

गाजा पट्टीमा घाइते भएका २ हजार २ सय भन्दाबढी प्यालेस्टाइनीहरू नोभेम्बरदेखि रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

इजिप्टका प्रान्तका ४७ अस्पतालहरूले घाइतेहरूको उपचार गर्दै १ हजार २०० भन्दा बढी शल्यक्रियाहरू गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजिप्टले पीडितलाई सहयोग गर्न जारी राख्ने र उनीहरूले सामना गर्ने मानवीय नतिजाहरूलाई सहज बनाउने बताएका छन् ।सोमबार ४० जना घाइते प्यालेस्टाइनीहरू सहित १९९ जना गाजाबाट रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका थिए ।

इजरायलले गाजा स्ट्रिपमा हमास विरुद्ध अक्टोबर ७ देखि ठूलो सैन्य अभियान चलाउँदै आएको छ । गाजामा इजरायली नाकाबन्दी र बमबारीले २७ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।