एकसाथ रिलिज हुने भए अभिनेता दयाहाङ राईको ‘हात्तिछाप र दयारानी’

काठमाडौं । अभिनेता दयाहाङ राईको २६ माघमा दुई चलचित्र एक साथ रिलिज हुने भएका छन् । यस अघि नयाँ वर्षको अबसरमा उनको दुई वटा चलचित्र बिहे पास र जारी जुधेको थियो । जस मध्य जारी सुपर हिट भयो भने विहे पास असफल भयो ।

यस्तै माघ २६ मा उनको दुई वटा फिल्म रिलिज हुने भएका छन् । सो मितिमा उनको चलचित्र ‘दयारानी’ र अर्को चलचित्र ‘हात्तिछाप’ रिलिज हुन लागेको हो ।राजधानि दैनिकमा खबर छ ।

चलचित्र हात्तिछापको माघ २६ मा रिलिज मिति घोषणा एक महिना अघि नै भएको हो । यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको मुख्य भूमिका रहेको छ ।

दयारानीको रिलिज मिति यतिबेला घोषणा गरिएको छ । मंगलबार यो चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै २६ माघमा रिलिज मिति घोषणा गरिएको हो । चलचित्र दयारानीलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक गुरुङकै लेखन छ । फिल्ममा दीया पुनलाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको निर्देशक गुरुङको भनाई छ ।

यो चलचित्रमा श्रीमान र श्रमती बीचको पारिवारिक समस्याको कथा प्रस्तुत गरिएको छ । यस अघि कबड्डी सृँखला र जारी चलचित्र निर्माण गरेको बासुरी फिल्म्सले दयारानी निर्माण गरेको हो ।

यो चलचित्रमा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतको मुख्य भूमिका रहेको छ । यो फिल्ममा शैलेन्द्र डि। कार्कीको छायांकन, मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु, खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सूर्य प्रकाश गुरुङ र न्यू आइटी भेन्चरको सह निर्माण, रामबाबु गुरुङ र अपिल विष्टको निर्माण रहेको छ ।