रहेनन् अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरेका बुबा

कपिलवस्तु । अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरेलाई पृति शोक परेको छ । उहाँका बुबा ऋषिराम घिमिरेको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

विगत दुई महिनादेखि ओम अस्पताल चावहिलमा उपचाररत उहाँको कपिलवस्तुस्थित गोरुसिङ्गे घरमा निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् ।

घिमिरे लामो समयसम्म भारतको वन विभागमा कार्यरत हुनुहुन्थयो ।