भारतका चर्चित सेलिब्रेटी शाहिल खान नेपाल आउँदै

काठमाडौँ। भारतका चर्चित सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन्। उनी यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउन लागेका हुन्। खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न अन्तररास्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आउनेछन् ।

आफुमा भएको प्रतिभालाई अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो कार्यक्रमलाई लिन सकिनेछ । बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सम्पूर्ण जुरीहरु बिदेशी रहेका छन्।इन्डियामा प्रसिद्द शोको फ्रेन्च आइजलाइ नेपालमा ल्याएर गर्न लागिएको कम्पिटिसनमा १५० जना सहभागी भएका छन्।