‘चाचरी’ लिएर आए चेतबहादुर र मनिषाले

काठमाडौं । चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीको स्वरमा रहेको गीत ‘चाचरी’ सार्वजनिक भएको छ । चेतबहादुरकै लय शब्द र थेगो सङ्कलन, रामकृष्ण थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

चेतबहादुरकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफर रहेको गीतको भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीलाई फिचरिङ गरिएको छ । दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा चेतबहादुरकै सम्पादन र कलर छ । गीतको भिडियो चेतबहादुर बुढाथोकीको अफिसियल युट्यव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चेतबहादुरका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । आफ्ना अन्य गीतले जस्तै ‘चाचरी’ले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ ।