चलचित्र कलाकार संघको निर्वाचनमा मोहन र रेजिना अध्यक्षमा भिड्ने, कसले मार्लाान् बाजी ?

काठमाडौं । चलचित्र कलाकार संघको चैत ४ गते हुन लागेको निर्वाचनको अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । कलाकारद्धय निरौला र उप्रेतीले शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालसहित ७ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापासहित ५ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा विनोदकुमार भट्टराई र सुनिल कटुवालको भिडन्त पक्का भएको छ भने सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् ।