चाडपर्वमा आकस्मिक सेवा उपलब्ध गराउन आग्रह:स्वास्थ्य मन्त्रालय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबै जसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पताललाई आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक र एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

प्रवक्ता डा बुढाथोकीले चाडपर्वमा जथाभावी चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गर्नसमेत आग्रह गर्नुभयो । मन्त्रालयका चाडपर्वको बेला विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोगले वायुप्रदूषण, ध्वनि प्रदूषण, आगलागी तथा आगोजन्य विपद्का घटना निम्त्याउन सक्ने हुनाले आफू पनि जोगिन र अरूलाई पनि असर नपु¥याउनसमेत अनुरोध गरेको छ ।