पालिका ले थप्यो ३ महिना म्याद । करार कर्मचारी हटाउने हल्ला गलत भएको पुष्टि ।।

३२, असार २०७९/- कालिकोट

कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउपालिका सरकारले करार कर्मचारीहरु लाई हटाउने भन्ने सामाजिक संजालमा भएको व्याप्त हल्ला गलत भएको सावित भएको छ ।

पालिकामा वसेको मिति २०७९ असार ३१ गते को स्थानिय सरकारको वैठेकले पालिका स्थित सम्पुर्ण करार कर्मचारीहरु लाई हटाउने नभएर उनिहरु लाइै थप व्यावस्थापन गरेर जाने कुराको निर्णय गरेको पालिका अध्यक्ष मोहन वहादुर के सी महेश ले जानकारी दिएका छन् ।

पालिका अध्यक्ष के सी का अनुसार पालिकामा रहेका वेरोजगार युवाहरुलाई थप स्वरोजगार सुनिश्चितता हुने गतिविधि पालिका सरकारले संंचालन गर्ने क्रममा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी लाई हटाउने कुनै पनि सोचमा नरहेको र उनिहरु लाई थप व्यावस्थापन गरेर जाने कुरा व्याक्त गरेका छन् ।

उनले थपे सामाजिक संजालमा को ले के लखेको छ भन्ने कुरा प्रमुख हैन पालिका सरकार ले विधिगत तथा नितिगत रुपमा के गर्यो भन्ने कुरा प्रमुख हो त्यसर्थ पालिकाका स्थित कुनै पनि करार कर्मचारीको हकमा हामिले नराम्रो निर्णय गदैनौ तर पालिकाको निति, विधि, पद्धति र निर्देशन लाई नमान्ने अराजक गतिविधि गर्ने कुनै पनि कर्मचारीहरु को हकमा पालिकाले जतिवेला पनि एक्सन लिन सक्ने कुरा व्याक्त गरेका छन् भने सामाजिक संजालमा भएको नित्था हल्ला र आरोपका पछि सान्नित्रिवेणी का कुनै पनि नागरीकहरु लाई पछि नलाग्न अनुरोध समेत गरेका छन् ।