यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्रतिकेजी टनेल गोलभेडा सानो ४५, गोलभेडा सानो लोकल ३०, भारतीय गोलभेडा ठूलो ७०, घिउ सिमी लोकल ३०, काउली स्थानिय ३०, आलु रातो ६०, भारतीय आलु रातो ३६, लौका ३०, हरियो फर्सी २५ रहेको छ ।

कागती १४०, केरा १७०, फूजी स्याउ ३५०, अम्बा ८०, मौसम १००, जुनार २५०, काक्रो ४०, पुदिना ५००, चुकन्दर ८०, कुरिलो १२००, हरियो प्याज १००, च्याउ ७० रुपैया रहेको छ ।