आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस्तै आज अमेरिकी डलरको १ को १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। यस्तै साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ २३ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ६७ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४२ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ८१ पैसा, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९० पैसा तथा बिक्री दर ८ रूपैयाँ ९४ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४० पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा रहेको छ।