डि. आर. कर्णाली हेल्थ अस्पतालद्धारा संचालित निशुल्क ओपिडि सेवामा ४७ जना बिरामीले लिए सेवा

कालीकोट । खाडाचक्र नगरपालिका वडा नम्बर ५ मोल्फा बजारमा स्वास्थ्य केन्द्रका प्रमुख रुपा भण्डारीको समन्वयमा निशुल्क ओपीडि जाच सेवा प्रदान गरिएको छ। २३ मङ्सिर २०८० शनिबारका दिन डि आर कर्णाली हेल्थ अस्पालवारा निशुल्क ओपीडि जाच सेवा प्रदान गरिएको हो । निशुल्क ओपीडिमा ४७ जना बिरामीले निशुल्क सेवा लिएका थिए ।

डि. आर. कर्णाली हेल्थका डाक्टर अनिल भुषालले आफ्नौ गाँउमा ४७ जना बिरामीले सेवा लिएको बताए । यस्ता किसिमका निशुल्क ओपीडि सेवाहरु गाउँ गाउँमा गएर भोलीका दिनमा पनि सेवा दिन आँफुहरु तत्पर रहेको अस्पतालका बोर्ड कार्यसमिति सदस्य भक्त शाही बताउँछन् ।