आइतबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट १७७ सेवाग्राहीले सेवा लिए

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटले साताको पहिलो दिन आइतबार २४ वटा नयाँ नागरिकता जारी गरेको छ । हेलो जिल्ला प्रशासन कालिकोट नामक फेसबुक पेज मार्फत हरेक दिनको जानकारी दिँदै आइतबार ३१ वटा नागरिकताको प्रतिलिपी जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार सोही दिन ३० वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या १७ रहेको छ । त्यस्तै ४५ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

आइतबार सेवा लिने सेवाग्राहीको कुल संख्या १७७ रहेको छ भने नाबालक, संस्था दर्ता , राष्ट्रिय परिचय पत्र वितरण र संस्था नविकरणको सेवा ग्राहीको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । यसअघि शुक्रबार सेवा लिने सेवाग्राहीको कुल संख्या ८४ रहेको थियो ।