जिल्ला प्रशासन कार्यालय कालिकोटबाट सोमबार कुल १३४ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट सोमबार कुल १३४ सेवाग्राहीले सेवा लिएका छन् । साताको दोस्रो दिन सोमबार २६ वटा नयाँ नागरिकता जारी भएका छन् भने २३ वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार सोमबार मात्रै १८ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ११ रहेको छ । त्यस्तै ३३ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

सोमबार नाबालक, संस्था दर्ता , राष्ट्रिय परिचय पत्र वितरण र संस्था नविकरणको सेवा ग्राहीको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । यसअघि आइतबार सेवा लिने सेवाग्राहीको कुल संख्या १७७ रहेको थियो ।