तस्कर समूहले २ महिनामा २२ पटक कारोबार गरेको खुलासा : २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान

काठमाडौं । सुन तस्करले बिल्कुुल नयाँ तरिका अपनाएर सुन तस्करी गरेको पाइएको छ । बुधबार राजस्व अनुसन्धान विभागले भन्सार चेक भएर बाहिरिन लाग्दै गर्दा १ सय ५५ केजीभन्दा बढी तौलको सुन पक्राउ गरेपछि यो प्रकरणको जालो उच्च तहसम्म नै रहेको अनुमान गरिएको छ ।

विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको हो । सुनमा कालो पदार्थले लेपनसमेत गरिएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

विभागका अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा सो सुनको कारोबार रेडी ट्रेड प्राइभेट लिमिटेडमार्फत हुँदै आइरहेको पाइएको छ । विभागको विशेष टोलीले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।