तीन दिनमा २ हजारले घट्यो सुनको मूल्य

काठमाडौं। अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ।
सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो ।सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको छ।