तराईमा हुस्सु-कुहिरो, हिमाली भू-भागमा हिमपात, यस्तो छ ३ दिनसम्मको मौसम पूर्वानुमान

काठमाडौं – आज पहाडी भू-भागमा आंशिक बदली रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।।

आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।