पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बुझाए ३० लाख धरौटी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले धरौटी रकम बुझाएका छन् ।

शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

धरौटीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थिति गराइने छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुवै निकायले खाँणलगायतका आरोपीमाथि अनुसन्धान गरिरहेका छन् ।