एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

काठमाडौँ, २९ मङ्सिर : स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो । “यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो ।

सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहननपर्ने व्यवस्था मिलाउने गरेका छौँ”, उहाँले भन्नुभयो । यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफ