बझाङ हिमपहिरोमा बेपत्ता एक महिलाको शव भेटियो, दुईको अवस्था अज्ञात

धनगढी, ७ जेठ-बझाङमा यार्चागुम्बा सङ्कलनका क्रममा बेपत्ता एक महिलाको शव फेला परेको छ ।आज बिहान करिब ९ बजे जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा गएको हिमपहिरोमा आइतबार यार्चागुम्बा सङ्कलनका लागि गएका पाँच जना परेका थिए ।

हिमपहिरोमा परेकामध्ये अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको र २ जना सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ ।बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।