युक्रेन सहायतामा हङ्गेरीको अवरोध हटाउने इयु प्रमुखको वाचा

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले अर्को वर्षको शुरुमा हुने शिखर सम्मेलनमा युक्रेनका लागि ५० अर्ब युरो सहायता प्याकेजमा हङ्गेरीको सम्बावित अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अर्को शिखर सम्मेलनमा जे भए पनि आफूहरूसँग अवरोधलाई पन्छ्याउने उपाय हुने उनले ब्रसेल्समा इयु नेताहरूसँगको भेटेपछि सार्वजनिक गरेकी छन् ।