मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरु क्षतिग्रस्त

मस्को, १७ जेठ । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ ।सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।

बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो।युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो । यसअघिको आक्रामणमा एक व्यक्तिको मृत्यु भएको थियो।