कुवेतका अमिरको निधनमा राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

काठमाडौँ- कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।