मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन हुदै

काठमाडौं । नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको अभि व्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ ।मन्त्री किरातीले‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनको विरोध गरिएको हो । यसैबीच उनको सोही अभि व्यक्तिको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गर्न पनि लागिएको छ ।

विरोध सभाका एक आयोजकले सो विरोध सभा बिहिबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । विरोध आज २ बजे देखि शुरु गरिने भएको छ ।

विरोधमा पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर, बन्द गर बन्द गर। धर्म निरपेक्ष मुर्दावाद – मुर्दावाद मुर्दावाद। , सनातन हिन्दु राष्ट्र कायम गर – कायम गर ,कायम गर। लगायतका नारा लगाइने बताइएको छ ।