अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने :शेखर कोइराला

पाँचथर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने वताउनु भएको छ ।
मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यान आकर्षण गराउँदै नेता कोइरालाले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताउनुभयो ।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताउनुभयो । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस पाँचथरले आफ्नो पहिलो जिल्ला सम्मेलन शुक्रबार फिदिममा आयोजना गर्दैछ ।